Advertisement
SKIP THIS
योजना पारिदिने भन्दै कमिसन उठाउने अछामका बाब्ली प्रहरी खोरमा

अछाम:योजना पारिदिन्छु भन्दै लाखौं उठाएर योजना नपारेपछि अछामका मिलन बाब्ली प्रहरीको थुनामा परेका छन् ।अछामको साँफेबगर नगरपालिका १३ बाब्ला स्थाई घर भएका बाब्ली माओवादी केन्द्रका नेता हुन। उनी बिरुद्ध सुदूरपश्चिम बिभिन्न जिल्ला पैसा लिएको भन्दै उजुरी परेका छन। उजुरी परेपछि उनलाई सुरुमा कैलालीको सुखडबाट पक्राउ गरिएको थियो।

त्यसपछि सुखडमा थुनेर डडेल्धुरा,अछाम हुँदै बैतडीको पाटन पुर्‍याइएको छ। उनीमाथि ‘बजेट हालिदिने’ भन्दै लाखौं रुपैयाँ असुली गरेको आरोप लागेको छ। विभिन्न पीडितले उजुरी गरेपछि उनलाई प्रहरीले पक्राउ छ।
बाब्ली माथि सुदूरपश्चिमका अछाम, डोटी र बैतडीसहित विभिन्न जिल्लामा बजेटका नाममा कमिसन उठाएको आरोप छ। बाब्ली सुदूरपश्चिमका पूर्वमन्त्री सामाजिक बिकास मन्त्री झपट साउदका सचिवालयका कर्मचारी रहेका थिए ।

सचिवालयमा बसेर अग्रिम कमिसन लिई योजना पारिदिने भन्दै रकम असुलेका र योजना नपारेपछि पैसा फिर्ता गर्न आनाकानी गर्ने गरेपछि अग्रिम कमिसन दिएका हरुले उनी बिरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।

तपाईको प्रतिक्रिया