Advertisement
SKIP THIS
समिट एयरलाइन्सले पुन: सुरु गर्यो साँफेबगर उडान

अछाम: समिट एयरलाइन्स ६ महिना देखि रोकेको साँफेबगर उडान पुनः सुरु गरेको छ। गत दशैदेखि अछाम, बझाङको हवाई उडान नगरेको समिट एयरले जेठ १९ गतेदेखि उडान सुरु गरेको हो।

आज पहिलो दिन सोमबार धनगढीबाट १२ जना यात्रु ल्याएर साँफेबगर आएको जहाजले ७ जना लिएर नेपालगञ्ज गएको समिट एयरका अछामका प्रतिनिधि टंक कुँवरले बताए ।

अब देखि साताको दुई दिन सोमबार धनगढी साँफेबगर- साँफेबगर नेपालगन्ज र बिहीबार धनगढी साँफेबगर – साँफेबगर धनगढी उडान तालिका रहेको कुँवरले बताए ।

भाडादर धनगढी- साँफेबगर ४५ सय अछामदेखि नेपालगञ्जको भाडादर ५ हजार ६ सय कायम गरिएको कुँवरले बताए । हवाई टिकट समेत समिट एयरलाइन्सको वेवसाईटबाट काट्न सकिने एयरलाइन्सले जनाएको छ।

तपाईको प्रतिक्रिया