कैलाली:नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता हेमन्त राज जोशी (बाजे) द्वारा आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा नगरपालिका-६,स्थित २ बिधालयमा अध्ययनरत करिब ३० जना बालबालिकाहरु लाई शैक्षिक सामाग्री बितरण गरेका छन् ।
जन्मदिनको फजुल खर्च लाई सेवामा परिबर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकाले बालबालिकाहरु गुणस्तरीय शिक्षा सँग जोडन आफुले बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरेको नेपाली कांग्रेसका नगर सचिव युवा नेता तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेले बताए ।
झोला बितरण कार्यमा हेमा श्री फाउन्डेसन नेपाल कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर,जुपिटर एकेडेमी नेपाल प्र.अ.मनिराम धामी,सहायक प्र.अ.महेस्वरी जोशी,कैलाली भिजन स्कुलका संस्थापक पुर्ण बम,अमर माध्यमिक बिधालय अध्यक्ष दान बहादुर कुँवर,शिक्षक शिक्षिका,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
गौरीगंगा-६,मा रहेका कैलाली भिजन स्कुलका १५ जना र जुपिटर एकेडेमि नेपालका १५ जना गरि ३० जना बिद्यार्थीहरु लाई कापी,कलम र झोला शैक्षिक सामाग्री प्रदान गरिएको हो।










