Advertisement
SKIP THIS
बाजुरामा जिप दुर्घटना, नेपाल टेलिकमका प्रमुख खड्का सहित ३ जनाकाे मृत्यु

अछाम: बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ ।

जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जाेराले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीकाे मृत्यु भएकाे जानकारी दिए ।

उनकाअनुसार तीनै जनाकाे घटनास्थलमा मृत्यु भएकाे हाे भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् । टेलिकमकाे जिप टावर मर्मतका लागि घटना भएकाे क्षेत्रमा पुगेकाे प्रहरीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया