अछाम: अछाम प्रहरी द्वारा वालबिबाहको परिचय, वालविवाहको असर, कानूनी कारवाही, बहुबिबाह, बहुविवाह गरेमा वा गराएमा हुने कानूनी सजाय, यौन दुर्व्यवहार, यौन दुर्व्यवहार गरेमा हुने सजाय, घरेलु हिंसा, घरेलु हिंसा गरेमा हुने कानूनी सजाय तथा छाउपढी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्था सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार मंगलसेन नगरपालिका वडा नं.५ मंगलसेन स्थित श्री षोडशा माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो।बिधालय ब्यावस्थापन समिति अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षता, भएको कार्यक्रममा प्रधानाध्यापक बिर्केश सिंह बोगटीअभिभावक, जनप्रतिनिधी, शिक्षक / शिक्षिकाहरु लगायत कक्षा १० र ११ का ६९ (उनान्सत्तरी) जना विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालबिबाहको परिचय, वालविवाहको असर, कानूनी कारवाही, बहुबिबाह, बहुविवाह गरेमा वा गराएमा हुने कानूनी सजाय, यौन दुर्व्यवहार, यौन दुर्व्यवहार गरेमा हुने सजाय, घरेलु हिंसा, घरेलु हिंसा गरेमा हुने कानूनी सजाय तथा छाउपढी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्थाहरुको बारेमा जानकारी गराउनु भएको थियोे ।











