अछाम:अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ का पदम बहादुर बुढाको मृत्यु भएको हो ।
ढकारी गाउँपालिका ४ स्थित तुरैमा बुधवार साँझ करिब ५ बजे भिरबाट लडेका बुढाको शव सेती नदिको किनारमा फेला परेको उनका आफन्तले बताएका छन् ।
मृतक बुढा नेपाली कांग्रेस ढकारीका उपसभापति हुन । ढकारीमा सामाजिक क्षेत्र सक्रिय बुढा ढकारीबाट प्रसारण भएको रेडियो हाम्रो जाल्पाका सञ्चालक समिति अध्यक्ष हुन ।










