अछाम:नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालि कमिटीले जयगढका आगलागी पिडितका लागि सहयोग हस्तान्तरण गरेछ।
आईतवार एमाले द्रोस्रो पालिका अधिबेशन उद्घाटन समारोहमा आगलागी पछि बनेको तथ्यांक संकलन तथा राहत बितरण एवम् ब्यावस्थापन समिति संयोजक वडा नं ४ का अध्यक्ष किरण खत्रिलाई ५१ हजारको चेक हस्तान्तरण गरिएको हो।
२०८१ चैत २६ गते अछामको बान्नीगढी जयगढ गाउँपालिका केन्द्र जयगढ बजारमा भिषण आगलागी भएको थियोे ।आगलागी पिडितलाई राहतका लागि एमाले बान्नीगढी कमिटीले ५१ हजार सहयोग गर्ने घोषणा गरेको थियोे ।









