अछाम:सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले शनिबार प्रभा धमकोट माध्यमिक बिधालयको लघु सङ्ग्रहालयको अनुगमन गरेका छन।
साँफेबगर नगरपालिका ३ सिद्देश्वरको प्रभामा रहेको बिधालयले परम्परागत दैनिक जीवन, कृषि कार्यमा प्रयोग हुदै आएका उपकरण,सामाग्री राखिएका छन ।पछिल्लो पुस्ताहरुका लागि इतिहास बन्ने र पुर्खाहरुले दैनिक जीवन यापनमा प्रयोग गर्ने सामग्रीहरुको बारेमा सङ्ग्रहालयमा महत्त्वपूर्ण योग्दान पुग्ने मन्त्री खड्काले बताए।
प्रभा धमकोट माध्यमिक बिधालय यस क्षेत्रकै एक उत्कृष्ट बिधालय भएको, बिधालयले गर्ने क्रियाकलापहरु नमुनाकै रुपमा भएकोले अन्य बिधालयले समेत सिको गर्न सक्नुपुर्ने बताए ।
प्रभा धमकोट माध्यमिक बिधालयको शैक्षिक स्तर सुधार गर्नका लागि बिधालय परिवार,राजनीतिदल , अभिभावकहरु लागि रहेकोमा धन्यवाद दिए।



















