अछाम:स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै अछामका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।सुदुरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा स्थानीय सेवा ऐन,नियम निर्माण भई कर्मचारी प्रशासन निक्कै अगाडी बढिसकेको तर सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि ऐन निर्माण नभएको कारणले स्थानीय सेवाका कर्मचारीहरुमा वृतिविकासमा समस्या भएको भन्दै आन्दोलित भएका छन् ।
शुक्रबार अछामको मंगलसेन नगरपालिका सहित अछामका अन्य स्थानीय तहका कर्मचारी सेवा ठप्प पारि आन्दोलनका कार्यक्रम तय गरेका छन् । मंगलसेन नगरपालिका स्थानीय तह कर्मचारी संघर्ष समिति सदस्य भरत बोहराको अध्यक्ष्ातामा बसेको बैठकले विभिन्न आन्दोलन कार्यक्रम तय गरेको छ।
उनिहरुले आन्दोलन परिचालन समिति गठन,अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने र धनगढीमा हुने आन्दोलन सहभागी हुने निर्णय गरेका छन् ।












