तारामान खड्का अछाम:भौगोलिक रुपमा ठुलो सुदूरपश्चीममा पहाडी जिल्लामा २ निवाचन क्षेत्र भएको अछाम जिल्लामा अग्नी नियन्त्रणमा अति आवश्यक दमकल एक मात्रै रहेको छ । १० ओटा स्थान तह रहेको अछाममा १ मात्रै दमकल रहेको छ।अहिलेसम्म सदरमुकाममा रहेको मंगलसेन नगरपालिका सँगै मात्रै दमकल रहेको छ।आगलागीको जोखिम रहेको सबैभन्दा ठुलो अछामको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरमा दमकल नहुदाँ बैशाख १३ गते शनिबार बिहान आगलागी हुदाँ १० ओटा पसल जलेर ध्वस्त हुँदा करिब ४ करोड बढीको क्षति भयो । यदि साँफे तिर दमकल भएको भए यति धेरै पसलमा क्षति नहुने निश्चित थियो । मंगलसेन नगरपालिकामा रहेको दमकल मर्मतका लागि धनगढी हुदाँ डोजरले घर भत्काएर आयो नियन्त्रणमा लिईएको थियोे । हालसम्म साँफेबगरको सो ठाउँमा ३ पटक आगलागी भईसकेको छ ।
केही दिन अगाडि चैत २६ गते अछामको बान्निगढी जयगढ गाउँपालिका केन्द्र जयगढमा आगलागी भएको थियोे ।उप्त आगलागीबाट करिब ८ करोडौं भौतिक संरचना बाहेक अन्य नगद तथा जिन्सी सामाग्री क्षति भएको थियोे । २२ पसल तथा घर जलेर ध्वस्त हुदाँ जयगढको आगलागी नियन्त्रण गर्न स्थानीय एकल महिला निर्मला रावलको घर डोजरले भत्काएको थियोे ।
स्थानीय तह सँग छन करोडौंका गाडि
अछाम जिल्लाका सबै स्थानीय तहका करोडौंका जनप्रतिनिधिले चढ्ने गाडि देखि डोजर ट्याक्टर ,टिप्पर जस्ता सवारी किन्दा दमकल किन्न भने मगलसेन नगरपालिका बाहेक अरु कसैले खरिद गरेका छैनन् ।दमकल किन्न स्थानीय तहले चासो नदिएका नागरिकहरुले बताउने गरेका छन् । अछामका स्थानिय तहहरुका जनप्रतिनीधीहरुले करोडौका गाडी चढ्ने तर अग्नी नियन्त्रणका लागी अति आवश्यक दमकल किन खरिद नगरेको भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध भईरहेको छ।
स्थानिय तहका जनप्रतिनीधी भन्छन ?
साँफेबगर नगरपालिका प्रमुख राजेन्द बहादुर कुँवरले जयगढमा भएको आगलागीबाट आफू सचेत भएको बताउदै साँफेबगर नगरपालिकाले छिमेकी स्थानीय तहहरू सँग साझेदारीमा दमकल खरिद गर्नका लागि आफुले पहल गर्ने र आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा दमकल खरिद समेटिने बताए ।चौरपाटी गाउँपालीका अध्यक्ष भिम बहादुर साउँदले पालीका एक्लैले दमकल खरिद गर्न सक्ने अवस्था नभएकोले क्षेत्र नं १ का स्थानिय तहहरुको लागत साँझेदारीमा दमकल खरिद गर्ने बताए । उनले भने चौरपाटी गाउँपालीकाले आगामी आर्थीक बर्ष २०८२÷०८३ को निती तथा कार्यक्रमा लागत साँझेदारीमा दमकल खरिद गरेर खप्तड गुल्ममा राख्ने र ससस्त्र प्रहरी समेत अग्नी नियन्त्रण जस्ता बिपदमा खट्ने भएकाले सहज हुने बताए । यस सबै स्थानिय तहका जनप्रतिनीधी सकारात्मक भएको अध्यक्ष साउँदले बताए ।
अछाम जिल्लामा दुई बिमानस्थल
अछाम जिल्लामा दुई बिमानस्थल रहेपनि कुनै बिमानस्थलमा दमकल छैन। भौतिक संरचनाले सम्पन्न साँफेबगरमा बिमानस्थलमा र कच्ची धावनमार्ग मात्रै रहेको कमलबजार बिमानस्थलमा जहाजले उडान भरिरहे पनी बिमानस्थलमा तयारी अवस्थामा राख्नुपर्ने दमकल त्यहा समेत छैन ।










