Advertisement
SKIP THIS
नेकपा एमाले अछामको अध्यक्षमा अध्यक्ष मण्डलले शिवप्रसाद उपाध्यायको नाम घोषणा  गर्याे

अछाम :नेकपा एमाले अछामको नौं अधिवेशनमा अध्यक्ष मण्डलले अध्यक्षमा शिवप्रसाद उपाध्यायको नाम घोषणा गरेको छ । निर्वचान कमिटीले अनुमोदन गर्ने वाँकी रहेको छ ।अध्यक्षमा प्रत्यासी निर्वतमान अध्यक्ष चन्द्र वोहरा, बमबहादुर विसी, डिवि साउदको असन्तुष्टिका विच शिवप्रसाद उपाध्यायलाई अध्यक्षमा घोषणा गरिएको छ। उनिहरु तीनै जनाले टिके प्रथा नभएर चुनाव गर्न माग गरेका छन् ।
यस्तै कमिटीको उपाध्यक्ष तिलक कुँवर, सचिव हिरण्ड भट्टराई, उपसचिव टोपबहादुर शाही र गौमति शाहीको नाम घोषणा गरिएको छ । भुगोल र खुल्ला सदस्य सहमतिका आधारमा हिजै चयन भईसकेका छन् । नौ जिल्ला अधिवेशनको वैशाख १३ गते पार्टीका केन्द्रिय सचिव एवंम् सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले उद्घाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया