Advertisement
SKIP THIS
साँफे हाट बजारका आगलागी पिडितलाई प्रदेश सरकारले १० लाख सहयोग गर्ने

अछाम:अछामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानबिय सहायता स्वरुप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया