Advertisement
SKIP THIS
अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला

अछाम:अछाममा टाउको नभएको अवस्थामा शव फेला परेको छ।जिल्लाको ढकारी गाउँपालिका–२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ।

टाउको नभएको हुदा शवको पहिचान खुल्न सकेको छैन।स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।वडा अध्यक्ष चन्द्र साउँदका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकोले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया