अछाम :बान्नीगढी जयगढ गाउँपालिको जयगढ बजारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई राहतस्वरूप संत निरंकारी मण्डल नेपालले आर्थिक सहयोग गरेको छ।
मण्डलले १ लाख १ हजार रुपैयाँ नगद सहयोग गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई हस्तान्तरण गरेको हो।
आर्थिक सहायता कार्यक्रममा संत निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।










