अछाम:मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने घोषणा गरेका छन।
छिमेकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा बुधबार राति भएको आगलागीबाट आफू स्तब्ध भएको बताउदैै उनले पीडितलाई सहयोग स्वरूप एक महिनाको सेवा सुविधा अग्नीपीडितलाई प्रदान गर्ने घोषणा गरे।काम विशेषले जिल्ला बाहिर रहेकाले उद्धार कार्यमा संलग्न हुन नसकेको भन्दै बोहराले सबै क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरे।
“सबैले स–सानो सहयोगबाटै पीडितलाई राहतको महसुस हुने भएकाले सबैले सक्दो सहयोग गर्न अनुरोध गर्दछ।” बोहराले भन्ने बोहराले सामाजिक सञ्जालमा लेख्नुहुँदै आगामी दिनमा यस्ता घटनाबाट सबैले सचेत र सजग रहन समेत जरुरी रहेको उल्लेख गर्नुभएको छ। जयगढको मुख्य बजारमा भएको आगलागीमा नियन्त्रणमा लिन सहयोग गर्ने सुरक्षाकर्मीलगायत सबैमा उहाँले धन्यवाद व्यक्त गरे।










