अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भिषण आगलागी यो समाचार तयार पार्दा ४५ मिनेट हुदाँ समेत अझै नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीयका अनुसार अन्दाजी सवा ७ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। अहिलेसम्म जयगढ बजारका १ दर्जन पसलमा क्षति भईसकेको स्थानीय प्रत्यक्षदर्शि निशा सेठ्ठिले जानकारी दिईन।
उनका अनुसार आगो निभाउन स्थानीय लागिरहेका तर अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।आगो नियन्त्रणका लागि करिव ३० किलोमिटर टाढा रहेको मंगलसेन नगरपालिकाको दमकल आउदै गरेको छ।










