Advertisement
SKIP THIS
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी आन्दोलित

अछाम:स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।सुदुरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा स्थानीय सेवा ऐन,नियम निर्माण भई कर्मचारी प्रशासन निक्कै अगाडी बढिसकेको तर सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि ऐन निर्माण नभएको कारणले स्थानीय सेवाका कर्मचारीहरुमा वृतिविकासमा समस्या भएको भन्दै आन्दोलित भएका छन् ।

ऐन जारी नहुदाँ कर्मचारी प्रशासन सम्बन्धी व्यापक गुनासा भएका कर्मचारीहरुलाइ काम गर्न अप्ठ्यारो परेको कर्मचारीहरुले चरणगत रुपमा दवावमुलक आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन।स्थानीय सेवा कर्मचारी सञ्जाल गठन गरि उनिहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

पहिलो चरणमा आज २२ गते कालोपट्टी बाधेर स्थानीय तहका प्रमुखबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सभामुखलाई कानुन जारीका लागि ध्यानाकर्षण पत्र देखि बैशाख ५ गतेसम्म बिरोधका कार्यक्रम घोषणा गरेका छन।

तपाईको प्रतिक्रिया