अछाम :पत्रकारको हत्या, सञ्चार गृहमा आगजनी तथा तोडफोट र पत्रकारलाई कुटपिट गरेको विरोधमा कृयाशिल पत्रकार अछामले विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान साँफेबगरमा विरोध प्रदर्शन गरेका हुन। साँफेबगर नगरपालिका गेटबाट प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकार माथिको हत्या हिंसा बन्द गर लगायतका नारा , विभिन्न प्ले कार्ड सहित जिप पार्कमा कोण सभामा परिणत भएको थियोे ।
कोण सभालाई सम्बोधन गर्दै पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिवराज खत्रीले आन्दोलनलाई अराजकता बनाएर आगजनी गर्ने, तोडफोड गर्ने, पत्रकार र आक्रमण गरि ज्यान मार्ने हरुलाई कारवाहिको दायरामा ल्याउन आग्रह गरे।बिरोध गर्ने छुट सबैलाई भएको तर बिरोध र आन्दोलनका नाममा पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने कुटपिट गर्ने कार्य कसैलाई नभएको बताए ।










