Advertisement
SKIP THIS
अछाम सदरमुकाम मंगलसेनमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु

अछाम:अछाममा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ।आज(सोमबार) साँझ ६:१० बजे मध्य पहाडी लोक मार्ग अन्तर्गत जिल्ला सदरमुकाम मगलसैन स्थित खाध्य मोड नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका १ कुन्ति २० बर्षिय जिवन थापाको मृत्युु भएको छ।

ठुलासेनबाट मंगलसेन तर्फ जादै गरेको से.७ प.१४६९ नं. को मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजि ३५ मिटर तल तल्लो मोडमा खस्दा चालकको टाउकोमा चोट लागेर अवस्था बेहोस जिल्ला अस्पताल पुर्याएको उनको अस्पतालमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

मोटरसाईकलमा पछाडी सवार सोही ठाउँका १७ बर्षिय चेतन थापा घाइते भएका छन् ।उनको दाँहिने हातमा चोट लागेकोले,थप उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछामको लागी रिफर गरिएको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया