अछाम : अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको भव्य रुपमा बिदाइ तथा फेरिभेटौला कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगम अछामका अध्यक्ष दिवस घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्साललाई जिल्ला स्थित सम्पुर्ण कार्यालयका कर्मचारीहरुले फुल माला र अबिरले भव्य रुपमा बिदाइ गरे।
कार्यक्रममा बोल्दै प्रजिअ लम्सालले अझ पनि अछाममै बसेर सेवा दिन पाए हुन्थ्यो भन्दै अछाम बसाइका सकारात्मक पक्षहरुको चर्चा गर्नु भएको थियो । आफ्नो कार्यकाल अवधीभर जिल्लाका नागरिक लाई सहज र सरल रूपमा सेवा प्रदान गर्न कुनै कसुर बाकी नराखेको बताए ।
कार्यालयमा सबै कर्मचारी हरु संग समन्वय सहकार्य गर्दै कार्यालय बाट नागरिकलाई प्रदान गरिने सेवा प्रवाह सहित जिल्लाको शान्ति सुरक्षामा अमन चयनमा कटिबद्ध भएर लागेको बताए ।
साथै उहाँले सरुवा बढुवा निरन्तर चलिरहने प्रक्रिया भएकोले यो अवधीमा आफुलाइ विभिन्न तहबाट सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद समेत व्यक्त गरे । करिव ११ महिना अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरा गरी गृहमन्त्राल सरुवा भएका हुन।










