Advertisement
SKIP THIS
१० महिना बित्दा पनि मर्मत भएन खच्चड फसेको पुल

अछाम:अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको पुलको लठ्ठा चुँडिएको १० महिना बढी भईसक्दा समेत अहिलेसम्म मर्मत भएको छैन । ३ तहका सरकारले आफ्नो बजेट ल्याएर काम गरिरहदाँ यो पुल भने जस्ताको त्यस्तै रहेको छ। त्यतिबेला तत्काल उक्त पुल मर्मत गर्ने वाचा गरेकाहरु अहिले भने कुन दुलोमा लुकेका छन,थाह छैन, कुनै पनि निकायले पुल मर्मत गरेका छैनन् ।

शुक्रबार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको नेतृत्वमा गएको सरोकारवालाहरु कांग्रेस नेता राम बहादुर शाहि , किसान संघका केन्द्रीय सदस्य टंक धामी,वडा अध्यक्ष राम प्रशाद जैशी,माओवादीका नेता राम बहादुर शाहि पुर्ण भण्डारी, समाजसेवी बृर्ख बहादुर थापा नेपाली कांग्रेस कैलाली महासमिति सदस्य रण बहादुर रावलको टोलिले पुलको अनुगमन गरेका छन् ।

पुल मर्मत नहुदाँ स्थानीयहरु जोखिम मोलेरै आवतजावत गर्न बाध्य भएका जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले बताए । १० महिना अगाडि लठ्ठा चुडिएको पुल हालसम्म समेत मर्मत नभएर राज्यले दुर दराजमा कुन किसिमको नजर राख्छ भन्ने स्पष्ट भएको प्रमुख कुँवरले बताए । यथाशीघ्र पुल मर्मत र सो क्षेत्रमा मोटरेबल पुलको आवश्यक भएकोले स्थानीयतहले जोडबलका साथ प्रदेश र संघ सरकारलाई बजेट माग्नुपर्ने बताए ।

पुल मर्मत गरिदिन स्थानीय प्रदेश र संघ सरकारलाई पटकपटक आग्रह गर्दा पनि मर्मत नभएको अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडाका अध्यक्ष जैशिले बताए। पुल मर्मत गरिदिन तिनै तहका सरकारलाई पटकपटक आग्रह गर्दा समेत कसैले नसुनेको वडाध्यक्ष जैशिले बताए ।

कर्णाली नदीमाथिको झोलुंगे पुलको २०८१ जेठ २७ गते लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका थिए । पछि कर्णाली नदिमा खच्चड खसालेर उद्दार गरिएको थियोे । पुलमा फसेका १४ वटा खच्चडको छ घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । एउटा खच्चडको पुलमै र अर्को एकको नदीमा खसेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया