Advertisement
SKIP THIS
त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटको स्ववियु उपसभापतिमा बोहरा र सहसचिवमा कुँवर चयन

अछाम:त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछामको स्ववियु उपसभापतिमा झनक बोहरा र सहसचिवमा शमीर कुँवर चयन भएका छन। यहि चैत्र ५ गते मगंलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तर्गत रिक्त रहेका पदमा उक्त दुई जनालाई चयन गरिएको हो। स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको विहिबार आज सम्पन्न कार्यसमितिको पहिलो बैठकमा फाल्गुन २७ गते र्निविरोध निर्वाचित भएका समानुपातिक सदस्यबाट उपसभापतिमा झनक बोहरा र सहसचिवमा समिर कँवरलाई चयन गरेको हो।

यसै अघि सभापतिमा कमल कुँवर,सचिवमा राजकला खड्का, कोषाअध्यक्ष्माा भगवती कुँवर, सदस्यहरुमा रविना महता, पवन कुँवर, बिबिका कुँवर, टेक बहादुर साउद,अखिल क्रान्तिकारीका एकेन्द्र ढोली , समानुपातिक सदस्यमा आकास चौधरी, रमिता कुँवर, दृष्टि स्वार, छाया शर्मा, सुवास कुँवर र्निविरोध निर्वाचीत भएका थिए।

स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा बसेकोे पहिलो बैठकमा कार्यसमितिका सम्पुर्ण पदाधिकारीको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया