Advertisement
SKIP THIS
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्त

अछाम: वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार साँफेबगर नगरपालिका वडा ७ रिडिकोटका भाटलाई अध्यक्षमा नियुक्ति गरिएको हो। भाटले यस अघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष भएर काम गरिसकेका छन् ।

यस्तै समितिको सदस्यमा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका लक्ष्मि शाह, पूर्णनाथ योगि, वडा नं.४ मष्टमान्डौका समुन्द्रा लुहार, वडा नं.५ नवाठानाका नैन सिंह थलारी, वडा नं.९ वुढाकोटका पुष्पराज भट्ट, चौरपाटी गाउँपालिका वडा नं.४ पायलका मोहन वोहरा, वडा नं.५ लुंग्राका पूर्ण खड्का नियुक्ति भएका छन। समितिको कार्यकारी निर्देशकमा अहिलेका कार्यकारी भरत कुँवरलाई निरन्तरता दिईएको छ।

नवनियुक्ति अध्यक्ष गोकुल भाटले वैद्यनाथ क्षेत्रको धार्मीक तथा पर्यटन क्षेत्रको विकासको लागि आफूले पहल गर्ने, वैद्यनाथ क्षेत्रलाई नेपालका चार धामको रुपमा चिनाउनको लागि समेत आफ्नो कार्यकालमा पहल हुने बताए ।यस्तै वुढीगंगा नदीको कटानको जोखिममा रहेको वैद्यनाथ क्षेत्रलाई बचाउनको लागि लाग्ने बताए ।

तपाईको प्रतिक्रिया