Advertisement
SKIP THIS
अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा २ महिलाको मृ’त्यु

अछाम:अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा २ महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो जिल्लाको मंगलसेन नगरपालिका ८ सुतुडाकी २ महिलाको सोहि मंगलसेन ९ को रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा मृत्यु भएको घटना स्थलमा रहेका स्वास्थ्यकर्मी पुप्प बोहराले बताए ।

मृतक दुबै मंगलसैन नगरपालिका वडा नं.८ वलिगाउँ सुतुडाका अन्दाजी ३०÷३५ वर्षका देउरुपा वोहरा र विनिता वोहराको मृत्यु स्वास्थ्यकर्मी बोहराले बताए । चैते दशैको बेला घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरु सो क्षेत्रमा माटो लिने गरेका छन।

तपाईको प्रतिक्रिया