Advertisement
SKIP THIS
बाजुरामा भिरबाट लडेर १ को मृत्यु ,उद्दारका लागि गएका ८ जना समेत फसे

बाजुरा : बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन ।

कर्णाली नदिमा माछा मार्न गएका र घर फर्किने क्रममा भिरबाट लडेर घाइते भए र उनकाे उद्धारमा गएका ८ जना स्थानिय समेत साेही भिरमा अड्कीएका छन । उद्धारमा गएका स्थानिय आफै भिरमा अड्कीएपछी घाइते भएकाे भण्डारीकाे उद्धार हुन सकेन र  घटनास्थलमै  मृत्यु भएको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का वडा अध्यक्ष बिष्णु बुढाले बताएका छन ।

जाने बेला सहज रुपमा गएका र फर्किन कठिनाई भएका कारण स्थानिय १ महिला ३ बालबालिका र ४ जना युवाहरु साेही भिरमा अड्किएका  वडाअध्यक्ष बुढाले बताए । हिजो राति भईसकेको कारण उद्धारमा कठिनाई भएको र अहिले हिमाली गाउँपालिकाबाट डुगां मगाएका छौ डुगांको साहयोगमा उद्धार गर्न लागिएको उनले बताए ।

भिरमा रहेका स्थानिय सबै सुरक्षित रहेका छन वडाअध्यक्ष बुढाले बताए । उद्धारका लागि प्रहरीको टोली समेत हिजोदेखी नै घटना स्थलमा पुगिसकेको छ राति भएका कारण भिरबाट माथि लिन नसकिने अवस्थामा उनिहरु भिरमै बसकेका र केही समयमा उद्धार गरिने  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया