अछाम:अछामको तुर्माखाद गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टले कार्यापालिकाबाट अपहेलित हुन थालेपछि हाकिमको जिम्मेवारी छोडेका छन् ।
भट्टले फाल्गुन २१ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीलाई आफुले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट जिम्मेवारी छोडेको भन्दै पत्र लेखेका छन।
उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट छोड्नु परेको कारणबारे यसो भनेका छन।”श्रीमान अध्यक्षज्यू तुर्माखाँद गाउँपालिका अछाम । हाम्रो कार्यपालिकाको वनौटको प्रकृति ३ दलीय रहेको हजुरलाई अवगत नै छ। कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने क्रममा कार्यपालिका सदस्योरे अपहेलित हुनु परेको, पानीमा बस्ने माछासित कति विरोध गर्ने तथा आफ्नो खराब स्वास्थ्य परिस्थितिका कारण-पालिकाको आर्थिक जिम्मेवारी बहन गर्न नसक्ने व्यहोरा यसै निवेदन मार्फत जानकारी गराउदछु ” भनेर लेखेका छन् ।











