अछाम:अछाममा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष रास्वपामा प्रबेश गरेका छन।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोलीले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रबेश भएका हुन।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार भइ निर्वाचित भएका उनी नेकपा एमालेको अछामको जिल्ला सचिवालयका सदस्य समेत रहेका छन।










