बाजुरा:बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका-६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको हो ।
बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोचको खसेका हुन् । उनका एक छोरा छन् ।










