Advertisement
SKIP THIS
मंगलसेनको एकै वडाबाट ८ लाख ५० हजारको मकै बिक्री

टेक बहादुर थापा अछाम : अछामको मंगलसेन नगरपालिका वडा न ६ मा रहेको शिवशक्ति कृषि सहकारी संस्थाले १७ हजार केजी मकै निर्यात गरेको छ । सहकारीले वडाका किसानले लगाएको रामपुर र अरुण जातको मकै चितवनमा निर्यात गरेको हो । चितवनमा रहेको बिमल एग्रोफम एण्ड रिसर्च सेन्टरले दुई जातको मुल बिउ खरिद गरेको शिवशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष लोकराज भण्डारीले बताए ।

वडा भरीका किसानले लगाएको मकै संकलन गरि सम्बन्धित ठाउमा पठाइएको अध्यक्ष भण्डारीको भनाई छ । प्रतिकेजी ५० रुपैयाका दरले मकै बिक्री गरेपछि वडाका किसानले ८ लाख ५० हजार पाउने भएका छन ।

सहकारीले गत बर्ष २४ हजार केजी मकै निर्यात गरेको अध्यक्ष भण्डारीले बताए । जंगली जनावरको आतंक, बसाइ सराइ लगायतका कारणले यस वर्ष गत बर्षको जती मकै उत्पादन नभएको उनलेे बताए ।

तपाईको प्रतिक्रिया