अछाम : अछामको कमलबजार विमानस्थलको आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । प्रतिकुल मौसमको कारणले आज हुने विमानस्थलको उद्घाटन स्थगित भएको कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रशाद ढकालले बताए ।ढकालका अनुसार मौसम सुधार भएमा केहि दिनमै विमानस्थल उद्घाटन गरिने छ।
पुस १३ गते परीक्षण उडान सम्पन्न भएपश्चात् नियमित उडानका लागि तयारी गरिएको छ। कमलबजारदेखि नेपालगन्ज र काठमाडौँका लागि तारा एयरसँग सम्झौता भएको नगरप्रमुख ढकालको भनाइ छ ।










