अछाम :घरजग्गा कारोबारमा ठगी गरि फरार रहेका अछामको पञ्ञदेवल बिनायक नगरपालिका ५ का ललित बहादुर शाहीलाई प्रहरीले प्रकाउ गरेको छ।
२०८१ भाद्र १९ गते ठगी सम्बन्धि मुद्दा दर्ता भई फरार रहेका
शाहीलाई ११ गते काठमाडौको कोटेश्वर लुकिछिपि रहेको अवस्था काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटेको प्रहरीले प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय अछाम पठाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख ईश्वरी प्रशाद भण्डारीले बताए ।
मंगलबार गतेको जिल्ला प्रहरी कार्यालय अछाममा ल्याई ११ गते देखि लागु हुने गरी दिन ७ म्याद थप भई अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ।
शाहिले २९ लाख ५० हजार ठगि गरेको भन्दै २०८१ भाद्र १९ गते ठगी सम्बन्धि मुद्दा दर्ता भएपछि फरार रहेका थिए ।










