Advertisement
SKIP THIS
अछामको रिडिकोटमा जिप दुर्घटना

अछाम:अछाममा जिप दुर्घटना भएको छ।सोमबार जिल्लाको साँफेबगर नगरपालिका मा ७ रिडिकोट वडा कार्यालय अगाडि सुदूरपश्चिम प्रदेश ०१०००१ च ३५९५ नम्बरको जिप दुर्घटना भएको हो।

बयालपाटाबाट साफेबगर जाँदै गरेको जिपमा चालक मात्रै रहेका र चालकको अवस्था सामान्य भएको उनको उपचारका लागि बयालपाटा अस्पताल पठाईएको घटना स्थलमा रहेका पत्रकार डण्टीराज भट्टले जानकारी दिए।

दुर्घटनामा चालक डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका ४ का भवन बिष्ट घाइते भएका छन।मोडमा बसलाई साईडदिने क्रममा जिप सडकबाट तल खसेर स्थानीयको घरको पछाडिमा अड्किएको पत्रकार भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया