अछाम:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले सिमित स्रोत साधनका बिच धेरै काम गर्नुपर्ने अवस्था रहेको कारण जन अपेक्षा अनुसार काम गर्न नसकिएको बताए छन् ।
आईतवार बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राको नवनिर्मित वडा कार्यालयको उद्घाटनका गर्दै मन्त्री खड्काले बिधालयमा भवन निर्माणका लागि बढी माग हुने गरेको तर भवन बनेपछि बिधार्थी नहुने अवस्था कतिपय ठाउँमा रहेको योजना माग गर्दा दिर्घकालिन रुपमा हेरेर माग गर्न आग्रह गरे।
राम्रो शिक्षा र रोजगारीको अवसरमा मानिसहरु शहर पस्दै गएका, अहिले प्रतिस्पर्धाको युग भएकोले जो कोहिले राम्रो शिक्षा खोज्दै गएकाले पहाडका बस्ति खालि भईरहेका कारण बिकास निर्माणमा चुनौती थपिदै गएको बताए ।यस्तै सामाजिक प्रतिष्ठाका कारणले समेत मानिसले गाउँ छोडिरहेका बताए ।
कार्यक्रम बोल्दै जिल्ला बिकास अछामका सभापति भरत कुमार स्वारले बान्नीगढी जयगढ गाउँपालिकाको स्थापनाका लागि धेरै मेहनत गर्नु परेको बताए । यहाँको भौगोलिक तथा सास्कृतिक,यश क्षेत्रका नागरिकको अवस्थालाई हेरेर पालिकाको स्थापना भएको बताए ।गाज्रा पहिले देखि नै धार्मिक तथा शैक्षिक क्षेत्रका लागि अब्बल रहेको बिगतमा शिक्षित क्षेत्र भनेर गाज्रा चिनिने गरेको बताए ।
यस्तै बिशिस्ट अथिति बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले गाउँपालिकाले नागरिकको लागि काम गरिरहेको तर बिकास बिरोधिहरु ठाउँ ठाउँमा बाधा अट्चन गर्ने गरेका बताए ।गाउँपालिकाले गाउँपालिका भवन, जयगढ बजारको फोहोर ब्यावस्थापन,जयगढ बजारमा खानेपानी बिस्तार हरेक टोलका सडक बनाई रहेपनि बिकास बिरोधिहरुले सर्वोच्च अदालत मुद्दा दायर गरेर काम अबरुद्ध गर्न लागिपरेका बताए ।










