Advertisement
SKIP THIS
अछामको बान्नीगढीमा घाइते भेटिएको चितुवा मर्यो

अछाम:अछाममा घाइते अवस्थामा भेटिएको चितुवा मृत्यु भएको छ।

शुक्रबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेवि बसौटीमा भेटिएको चितुवा मरेको हो।शुक्रबार दिउँसो देखि एउटै ठाउँमा बसिरहेको चितुवा शनिवार बिहान मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि ईश्वरी भण्डारीका अनुसार चितुवाको उद्दारका लागि बन कार्यालयसंग पहल गरिएकोमा शनिवार बिहानै चितुवा शुक्रवारदेखी बसिरहेकै स्थानमा मृत भेटीएको छ ।

तपाईको प्रतिक्रिया