बिक्रम खड्का डोटी:स्वदेशमै लगानी गरौं ,बैदेशिक रोजगारीमा जाने नै भए,सहि सूचना लिई र सिप सिकेर मात्रै जाऔं भन्ने मुल नाराका साथ सुरक्षीत आप्रवासन (सामि)कार्यक्रमको सेवा प्रवाह सम्बन्धि छलफल तथा आप्रवासी स्रोत केन्द्रको औपचारिक शुभारम्भ कार्यक्रम डोटीमा सम्पन्न भएको छ।
बिहिवार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काको प्रमुख आथित्य डोटी जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख प्रशासकीय अधिकृत र रोजगार संयोजकहरुसँग छलफल तथा जिल्ला प्रशासन कार्यालय डोटीमा आप्रवासी श्राेत केन्दकाे औपचारिक शुभारम्भ गरिएको छ।
कार्यक्रम बोल्नु हुदै बिदेश जानेहरु श्रम स्वकृति नलिएर जाने गरेका,बिदेश जानेमा ९० प्रतिशत भारत जाने गरेका त्यहाँ उनिहरुले कस्तो दुख पाउछन् कस्तो समस्या हुन्छ कुनै रेकर्ड नभएकोले प्रदेश सरकारले भारतमा जानेका लागि समेत केही निति बनाउनु पर्छ भनेर काम गरिरहेको बताए ।
प्रदेश सरकारले श्रम तथा रोजगार निति बनाउने काम गरिरहेको अबको केही दिनमै अन्तिम रुप दिएर प्रदेश सभामा पेश गरिने निति आएपछि भारतमा कामदारको अवस्था बारे जानकारी हुने र भारत जाने कामदारलाई फाईदा पुग्ने बताए ।
अहिले मुलुकको प्रमुख आम्दानीको स्रोत वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण भएको रोजगारीमा जाने व्यक्तिको सुरक्षा, प्रवासी कामदारको अधिकार, सम्मानित कामको ग्यारेन्टिको अभावले कयौँ युवाहरु घरबार विहीन र वेपत्ता भएका हुदाँ सहि सूचना लिई र सिप सिकेर मात्रै जान मन्त्री खड्काले आग्रह गरे।
सीप सिकेर र सहि सुचना नलिएर बिदेश जादा कामदारहरुको स्वास्थ्य बिमा नहुनु, आवास र खानाको उचित व्यवस्थापन नहुनु, कामदार रोजगारदाता सम्झौता विश्वसनीय बन्न नसक्नु तथा सम्झौता बमोजिमका काम नदिनु वा गर्न नपाउनु, समयमा तलब नदिनु, विभिन्न किसिमबाट ठगिने जस्ता समस्या भोग्न गरेका बताए ।










