Advertisement
SKIP THIS
अछाममा भालुको आक्रमणबाट एक महिला घाइते

अछाम:अछाममा भालुको आक्रमणबाट एक महिला घाइते भएकि छन ।
मंगलबार दिउँसो ३ बजे जिल्लाको साँफेबगर नगरपालिका १३ बाब्लाकी ३५ की ललिता बिष्ट भालुको आक्रमणबाट घाइते भएकी हुन।

आफ्नो घर देखि आधा घण्टाको दुरीमा रहेको जंगलमा घांस काट्ने क्रममा जंगली जनावर भालुले आक्रमण गरी घाईते भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको भालुले आक्रमण गर्दा टाउको, कम्मर र पिठ्युमा चोट लागेको,उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया