Advertisement
SKIP THIS
साँफेबाट बडिमालिका तीन दिनमा ५० जनाले दर्शन गरे

अछाम : सातौं साँफेबगर महोत्सवमा सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ।

लायन्स क्लब अफ साँफेबगर र डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्कासहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन्।

अछामको साँफेबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन्। माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध/वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ। पर्यटन व्यवसायी दीपकबहादुर खण्डकाले ५० जना बडीमालिका र पाँच जा खप्तड पुगेका बताए। उनले भने, ‘बडीमालिका ५० जना लगेका छौ। रामारोशन माथिबाट हेरेर फर्किदैछौ। पर्यटक आयो भने, हामीहरू लैजान्छौ।’

बडीमालिका, खप्तड र रामारोशनका लागि हेलिटुरको सुविधा छ। माघ ११ गतेबाट सुरु भएको हेलिटुरमा ५० जनाले बडीमालिकाको दर्शन गरेका छन्। माघको महिना भएकाले बडीमालिकाको दर्शन गर्नेहरूको सङ्ख्या धेरै छ। खप्तडमा हिउँ छैन। हिउँ नभएकाले पर्यटकहरू पैदलबाट खप्तड जाँदैछन्। रामारोशनसम्म सडक पुगेको छ। सडक पुगेकाले आकाशबाट रामारोशन हेरेर हेलिकोप्टर फर्किने गरेको छ। खड्काले भने, ‘माघको महिना हो। बडीमालिका गैरहेका छन्। खप्तडमा हिउँ छैन। हिडेर पनि जाँदैछन्।’

साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया