Advertisement
SKIP THIS
पर्यटन बिकासका लागि १० बर्षे रणनीतिक योजनाका साथ अगाडि बढेका छौँ, मन्त्री पाण्डे

अछाम:संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिम र कर्णालीको पर्यटन बिकासका लागि मन्त्रालयले नयाँ काम थालेको बताएका छन्।

नेपाल प्रेस युनियन अछामले शुक्रबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले मन्त्रालयले १० वर्षीय कार्ययोजना निर्माण गर्न लागेको जानकारी दिए।

पश्चिम नेपालमा रहेका सास्कृतिक र प्राकृतिक गन्तब्यहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न उक्त कार्ययोजनामा समेटिने मन्त्री पाण्डेले बताए।

उनले पहाडी क्षेत्रका विमानस्थलहरुमा प्लेन चलाउन हाल नेपाल एयरलाइन्स सँग आन्तरिक उडानका लागि जहाज नरहेको र पहाडी क्षेत्रमा उडान भर्ने साना टुईनटर जहाज थप्ने मन्त्रालयको योजना रहेको बताए ।सातै प्रदेशमा १/१ टुईनटर जहाज राख्ने बिषयमा समेत मन्त्रालयले छलफल अगाडि बढाएको मन्त्री पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया