Advertisement
SKIP THIS
अछाममा एमालेको ठुलो पंक्ति मातृभूमि जागरणमा जादै

अछाम। नेकपा एमालेबाट निस्कासित डा. भीम रावलको निर्वाचन क्षेत्रमा ठूलो पङ्क्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ।

रावललाई निस्कासित गरेपछि असन्तुष्ट एमालेको ठूलो पंक्तिले पार्टी परित्यागको तयारी थालेका हुन्।रावलको गृह नगर साँफेबगरको एमाले नगर कमिटी पुरै पार्टी परित्यागको तयारीमा रहेको नगर अध्यक्ष ढकेन्द्र कुँवरले बताए।

एमालेको ८३ सदस्यीय साँफेबगर नगर कमिटीले सामूहिक पार्टी परित्यागको घोषणा गर्न लागेको कुँवरले बताए ।‘पदाधिकारी र नगर कमिटी सदस्यका साथै साँफेबगरबाट करिब एक हजार बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर हामी मातृभूमि जागरण अभियानमा समाहित हुँदैछौँ,’ कुँवरले भने

अहिले डकुमेन्टेशनको काम भइरहेको र भ्याएसम्म आजै नत्र भोलिसम्म पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरिने उनले बताए।
दलविहीन बनेपछि रावलले मातृभूमि जागरण अभियानको घोषणा गरेका छन्। एमाले परित्याग गर्ने नेराहरुले रावलको उक्त अभियानलाई सघाउने उनीहरुको भनाई छ।

पुस १० मा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्।
माघ ४ मा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्।

तपाईको प्रतिक्रिया