निराकरण खबर अछाम:जनता बहुमुखी क्याम्पस प्रमुखले आफू स्वत स्थायी हुने,सँगै काम गरेकालाई पन्छाउन खोजेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन क्रान्तिकारीले आपत्ति जनाएको छ।
बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै क्रान्तिकारीले सँग काम गरिरहेकालाई विभिन्न बाहना गरि किराना लगाउने सेटिङ्ममा आफ्ना मान्छे क्याम्पस प्रमुखको षड्यन्त्र भएको ठहर गरेको छ।
बिगतमा क्याम्पस कठिन अवस्थामा रहदा समेत काम गरि जनता बहुमुखी क्याम्पसलाई यश अवस्था सम्म पुर्याएका क्याम्पस स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने कर्मचारीलाई नै मौका दिनुपर्ने क्रान्तिकारीले माग गरेको छ।











