निराकरण खबर अछाम:अछामको बयालपाटामा रहेको जनता बहुमुखी क्याम्पस नेपाल बिधार्थी संघ अछामले अनिश्चितकालीन तालाबन्दी गरेको छ।
सुदूरपश्चिम बिश्वबिद्यालयका सम्पूर्ण क्याम्पसहरूमा आशिक तथा करार सेवामा कर्मचारी रहेका शिक्षक तथा कर्मचारीहरुलाई बिशेष प्राथमिक्ता दिई विज्ञापन खोलेर पदपूर्ति गरिरहदाँ जनता बहुमुखी क्याम्पसले भने ठिक उल्टो बिगतमा अध्यापन गराईरहेका आंशिक तथा करार कर्मचारीलाई हटाउने उदेश्य बिज्ञापन गरेको भन्दै नेबिसंघले तालाबन्दी गर्नु परेको नेबिसंघ अछामका अध्यक्ष खेमराज खड्काले बताए ।

पनि जनता बहुमुखी क्याम्पसले मिति २०८१ पौष ४ गते प्रकाशित करार सेवाका प्राध्यापकहरूको नाममा खोलिएको विज्ञापनले क्याम्पस प्रमुखले राजनीतिक बिचारकै कारण सेवा गराईरहेकाहरुलाई हटाई आफू निकट बिचारधारका कर्मचारी भर्ना गर्न खोजेकोले तालाबन्दी गर्नु परेको अध्यक्ष खड्काले बताए ।
आशिक रूपमा विगतमा लामो समयदेखि अध्यापन गराई रहेका शिक्षकहरूको विषयमा विज्ञापन नगरी क्याम्पस प्रशासनले विश्व बिद्यालयको कार्यविधि, नियम विपरित गई आफ्नो मनोमानी तवरले विज्ञापन गरेकोले उक्त विज्ञापनलाई रद्ध गरि अध्यायपन गराईरहेका शिक्षकहरूलाई समेट्ने गरि पुनः विज्ञापन गर्न गराउन नेपाल बिद्यार्थी संघ अछामले ध्यानाकर्षण गराउदा पनि क्याम्पस प्रशासन आफ्नै तरिकाले अघि बढेकाले क्याम्पसमा तालाबन्दी गर्न बाध्य भएको अध्यक्ष खड्काले बताए ।
प्रकाशित विज्ञापन रद्ध गरि पुन अर्को विज्ञापन नगरेसम्म नेविसंघ अछामको तालाबन्दी रहिरहने तालाबन्दि बाट क्याम्पसमा पर्न जाने असर तथा सम्भावित घट्नाको जिम्मेवार क्याम्पस प्रशासन नै हुनुपर्ने अध्यक्ष खड्काले चेतावनी दिए।











