Advertisement
SKIP THIS
मुख्यमन्त्रीलाई अगाडी राखेर प्रमुख कुँवरले भने यही अवस्थामा राख्दा राज्यलाई भार मात्रै भयो,समन्वय खारेज गरौं

निराकरण खबर अछाम:जिल्ला समन्वय समिती अछाम प्रमुख ललित बहादुर कुँवरले स्थानीय सरकार सञ्चालन ऐन परिच्छेद १२ दफा ९२ ले दिएको काम कर्तव्य अधिकार, सुदूरपश्चिम प्रदेश सभाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति ऐन २०७५ को परिच्छेद ३ को दफा ८ को जिल्ला सभाको काम कर्तव्य अधिकार अहिले जिल्ला समन्वय समिति प्रयोग गर्न सक्ने अवस्थामा नरहेको बताएका छन ।

सोमबार जिल्ला सभामा सम्बोधन गर्दै कुँवरले भने संविधानको मुल मर्म मान्यता अनसुार तीनै तहका सरकारहरू बीच समन्वय, सहकार्य र अस्तित्वको आधारमा नीति योजना निर्माण हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो। संविधान,स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सभा ऐनले व्यवस्था गरे अनुसार जिल्ला समन्वय समितिले गर्ने अनुगमन,समन्वय सहजीकरणको पनि कुनै महत्व र अर्थ छ,जस्तो लाग्दैन । जिल्ला स्थित विकास निर्माणसँग सरोकार राख्ने संघ÷प्रदेशका कार्यालयहरू हुन् या गैरसरकारी संस्थाको गतिविधिको अनुगमन गरी प्रतिवेदन कहाँ दिने के का लागि दिने त्यो पनि अनुत्तरित विषय रहेको छ ।

समन्वयलाई अनुगमनको अधिकार दिए पनि कुनै अर्थ नभएको बताए ।अनुगमन गर्दा पनि हुने नगर्दा पनि हुने हो भने किन केका लागि अनुगमन समन्वय सहजीकरण गरिरहन पर्यो ? जिल्ला समन्वय समितिको कामको औचित्य पनि नहुने सम्बन्धित निकायसम्म पठाएको प्रतिवेदनको पनि असान्दर्भिक हुने, जो जसको अनुगमन गरिएको सो पक्षलाई दिएको सुझावको पनि अर्थ नहुने हो, भने मैले भन्दै आएको जिल्ला समन्वय समिति राखि राख्नु राज्यलाई भार मात्रै हो । अब कि त केही काम गर्ने गराउने वाताबरण होईन यस्तै बनाउने यसै अवस्थामा राखिराख्नु भन्दा खारेजी गर्नु उपयुक्त होला भनेर प्रश्न गरेका छन्।

जिल्ला सभालाई बिषेश सम्बोधन गर्न पुगेका सुदूरपश्चीम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाह, प्रतिनिधि सभाका सदस्य पुर्ब मन्त्री शेर बहादुर कुँवर, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह,सुदूरपश्चिम प्रदेशका प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का,प्रदेश सभा सदस्य मान बहादुर रावल अछाम जिल्लका स्थानिय तहका जनप्रतिनीधी माझ कुँवरले अछाम जिल्लाका केही समस्या प्रस्तुत गरेका थिए । प्रमुख कुँवरले राष्ट्रिय गौरवको आयोजना अछामको विकास र जनताको समृद्धिसँग जोडिएको अपर कर्णाली ,वेतन कर्णाली, बुढीगंगा हाइड्रोपावर सञ्चालनको लागि पहल कदमी गरिदिन,सेती लोकमार्ग चिसापानी जंगलघाट,बडीमालिका सडक निर्माणको काम तीव्र गतिमा अगाडि बढाउने कार्यमा जोड दिन , रामारोशन क्षेत्रको पर्यटन विकास ,बैजनाथ,तितौडा, जिमराडी त्रिबेणी,बान्नीगढी,पञ्चदेवल लगायत अछामका ऐतिहासिक पुरातात्विक सम्पदाको विकास संरक्षण साथै प्रसार प्रचार गरी पर्यटन क्षेत्रको आकर्षक गन्तव्य स्थल अछामलाई बनाउन माग गरेका थिए ।

यस्तै अछाम डोटी लोडे—त्रिवेणी सुर्खेत जोड्ने सडक कर्णाली नदीमा मोटरेबल पुल निर्माण र दैलेख डुङ्गेश्वर रहफमा मोटरेबल पुल निर्माण, रहफ बेलखेत खुलालु सडकलाई कर्णाली करिडोरसँग जोड्न, अछामका प्रमुख केन्द्रहरु साफेबगर मङ्गलसेन देखि सबै पालिकासम्म पक्की सडक संरचना निर्माण गर्न पालिकाको केन्द्रदेखि सबै वडासम्म भरपर्दो सडक संरचना निर्माण गर्न जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन,क्यापस,बिद्यालय,स्वास्थ्य संस्थाका भौतीक संरचना निमार्णका लागि समन्वय र अग्रसरता लिन सबैको ध्यानाकर्षण गराए।
अछाममा उच्च शिक्षा अध्ययनको लागि खोलिएका क्याम्पसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न,विशेष गरी QAA प्राप्त गरी सकेको अछाम बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पसको रुपमा स्वीकृति दिलाउन,अस्थायी रुपमा खोलिएका विद्यालय स्थायी गराउन, विद्यालयमा आवश्यक शिक्षक दरबन्दी कायम गर्न,बहुप्राविधिक शिक्षालय मंगलसेनलाई व्यवस्थित र नयाँ कार्यक्रमहरू थप गर्दै लैजानका लागि अछामबाट भइरहेको तीव्र बसाईसराई रोक्न,जनताको दैनिकी सँग जोडिएको उत्पादन,उत्पादकत्व बढाउने कार्यक्रमहरू सञ्चालन गर्न,रोजगारीका अवसर सिर्जना गराउन,आयआर्जनको कार्यक्रमहरूमा नीति कार्यक्रम योजना केन्द्रित गराउन अनुरोध गरे ।

यस्तै जिल्ला अस्पताल,बयालपाटा अस्पतालको पूर्वाधार विकास र गुणस्तर सुधार,पालिका स्तरमा निर्माणाधीन अस्पतालहरुको निर्माण कार्य समयमै सम्पन्न गर्न, स्वास्थ्य चौकीको गुणस्तर सुधार ,आधारभूत स्वास्थ्य इकाईहरूको स्तर उन्नति,बर्थिङ सेन्टरहरू मापदण्ड अनुसार सञ्चालन गर्न र आवश्यक स्वास्थ्यकर्मी,जनशक्ति व्यवस्थापन गर्न ,
योजना निर्माणमा बजेट विनियोजन गर्दा वितरणमुखी योजना होइन परिणाममुखी,योजना, दिगो, भरपर्दो प्रतिफल दिने कार्यहरू सञ्चालनका लागि पहल गर्न अनुरोध गर्दछु । योजना निर्माण गर्दा आवश्यकताको पहिचान,औचित्य पुष्टि हुने,पारदर्शिता समानताको सिद्धान्तका आधारमा स्रोत साधनको परिचालन गर्ने,निती तथा वाताबरण निमार्ण तर्फ ध्यान पुर्याउन सबैमा अनुरोध गरे।

संघ प्रदेश र स्थानीय तहबाट सञ्चालित योजनाहरुको र गुणस्तर पारदर्शिता दिगोपनका लागि र सेवा प्रवाहलाई व्यवस्थित गर्न गराउनका लागि पहल गरिदिन दलित,महिला,बालबालिका जेष्ठ नागरिक,अपाङ्गता सिमाङ्ककृत,उत्पीडित शोषणमा रहेको वर्ग समुदायको विकास र संरक्षण हुने कार्यहरू सञ्चालन गर्न अनुरोध गर्दे,खाद्यान्न बाली तरकारी फलफुलमा आत्मनिर्भर गराउन जङ्गली जनावरको बढ्दो प्रकोप नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गर्न,महिला हिंसा,घरेलु हिंसा,बालविवाह,बहुविवाह र छाउगोठमुक्त समाज बनाउन पनि सबैको ध्यानाकर्षण गराए ।

यस्तै अछामको वरिपरि रहेको ठुलो जलाधार क्षेत्र कर्णाली ,बुढीगंगा र कैलाश खोला लगायत अन्य नदि खोला तथा ताल तलैयाको पानी उपयोग गर्ने गरी पर्याप्त सिँचाई सुविधा व्यवस्थापन गर्नका लागि आधुनिक प्रविधिको प्रयोगको गरि सिचाई योजना कार्यक्रम सञ्चालन गर्नका लागी र यस्ता योजना कार्यक्रम निर्माण गर्नका लागि पहल कदमी र चासो लिइदिन,बन तथा जलाधार क्षेत्रको संरक्षण उचित व्यवस्थापनका ,लागू औषध,लागू पदार्थको नियन्त्रण रोकथाम गर्नका लागि पालिकाहरूको अग्रसरताका लाग्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया