Advertisement
SKIP THIS
ढकारीकाे बर्खाली खोलामा पक्की पुल बनाउन छोडेर ठेकदार बेपत्ता

तारामान खड्का अछाम : अछामको ढकारी गाउँपालीका ८ बर्खालीखोलामा पक्की पुल बनाउन छोडेर ठेकदार बेपत्ता भएको छ । पुर्बाधार बिकास कार्यालय साँफेबगरबाट २०७९ पौषमा नन्देगडा एसएमपी जेभी धनगढीले २०८० असाढ ३० गते निमार्ण सक्नेगरी ३ करोड ८६ लाख ५९ हजारमा सम्झौता गरेको थीयो । सम्झौताको ९ महिना बढी हुदाँ समेत निमार्ण पक्षले पुल बनाउन सकेको छैन ।

निमार्ण कम्पनी नन्देगडा एसएमपी जेभी धनगढीले कार्यालयबाट पुल बनाउने भनेर १ करोड १६ लाख ६२ हजार रकम लिएर बेपत्ता भएपछी नागरिकले भने सास्ती खेप्नु परेको छ । १६ मिटर लम्बाई रहको मोटरेबल पक्की पुल निमार्ण पक्षले पेश्की लिएर समेत नबाएपछी कार्यालयले कारवाहीका लागी मंसीर १४ गते पत्र काटेको पुर्बाधार बिकास कार्यालय साँफेबगरका प्रमुख जंग बहादुर थापाले बताए ।

पुल समयमै सम्पन्न गर्न पटक पटक ताकेता गरेपनी कुनै सुनुवाई नगरेको ढकारी गाउँपालीका अध्यक्ष प्रकाश साउँदले बताए । मुस्कील खोलामा पक्की पुलका लागी बजेट परेपनी ठेकदारले भने पुलको एकतिरको पिल्लर हालेर अरु काम नर्गदा ढकारी आवत जावत गर्ने सवारी साधनले सास्ती भोग्नु परेको अध्यक्ष साउँदले बताए ।

सँगै सम्झौता भएको रामारोशन गाउँपालीकाको बन्दे खोलामा भने निमार्ण पक्षले निर्माण सम्पन्न गरि गएको बर्षामै सञ्चालमा आईसक्दा ढकारी ८ को बर्खालीखोलाको निर्माण पक्ष भने पेश्की बुझेर पुल अलपत्र छोडेर बेपत्ता भएको छ ।यसबारेमा नन्देगडा एसएमपी जेभी धनगढीका प्रतिनीधी शिव बहादुर थापालाई ९८५१२३३०८२ मा  पटक पटक फोन गर्दा सम्पर्कमा आएनन् ।

तपाईको प्रतिक्रिया