अछाम:अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । आईतवार साँझ जिल्लाको रामारोशन गाउपालिकामा जङ्गली जनावर भालुको आक्रमण बाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा रामारोशन गाउँपालिका–७, सुतारका ४० वर्षीय मान बहादुर भण्डारी रहेका छन् ।उनलाई लाई आइतबार साँझ करिब ५ बजे घोडेढुंगा जङ्गलमा बाख्रा चराउने क्रममा भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट घाइते भएका भण्डारीको दायाँ खुट्टा, गर्दन, दाहिने कुम, र बायाँ आँखा नजिक गहिरो चोट लागेको छ ।
अहिले भण्डारीको अवस्था मध्यम रहेको र बयलपाटा अस्पतालमा उपचार जारी रहेको अछाम प्रहरीले जनाएको छ।










