Advertisement
SKIP THIS
कांग्रेसको १०० दिने बिशेष अभियान चौरपाटी २ मा सञ्चालन

निराकरण खबर अछाम:चौरपाटी गाउँपालिका वडा २ मा नेपाली कांग्रेसको १०० दिने बिषेश अभियान सञ्चालन भएको छ।

शनिबार वडा सभापति पदम ब साउदको अध्यक्ष्ातामा कार्यक्रम भएको हो। कार्यक्रम प्रमुख अथिति नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य एबम संयोजक गणेश शाह रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अथिति नेपाली कांग्रेस अछाम क्षेत्र नं १ क का प्रदेश सभापति महेश खड्का रहेका थिए । यस्तै कार्यक्रम प्रदेश सदस्य क्षेत्र खड्का लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियोे ।

कार्यक्रम सहभागिहरुले नेपाली कांग्रेसलाई बलियो पार्टी बनाउन पार्टी भित्र रहेका मनमुटावलाई चिर्दै अगाडि बढ्नुपर्ने बताए थिए ।

तपाईको प्रतिक्रिया