निराकरण खबर अछाम:बाजुरामा जिल्लामा नवजात शिशु झाडीमा फालेको अवस्थामा फेला परेको छ। जिल्लाको त्रिबेणी नगरपालिका ४ तोलिमा झाडिमा फालेको अवस्थामा नवजात शिशु फेला परेको हो।
स्थानीय करिस्मा अयडीले उप्त नवजात शिशु फेला पारेकी हुन ।
घरबाट सय मिटरको दुरीमा रहेको झाडीमा सोमबार बिहान ९ बजे तिर शिशु रोएको सुनेपछि हेर्न जादा शिशु भेटिएको उनले बताईन।
शिशुलाई उपचारको लागि बयालपाटा अस्पताल पुर्याएपछि घटना बाहिर आएको हो।शिशुको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।नवजात शिशुलाई आफुले पाल्ने करिस्मा अयडीले बताईन।










