निराकरण खबर अछाम: सडक डिभिजन कार्यालय साँफेबगरका कर्मचारीले गुणस्तरणहिन पिच जोगाउन माटोले ढाक्न लगाएका छन।
साउन १५ गते निराकरण खबरले “अछाममा असारमा गरेको पिच साउन उप्कियो “भनेर समाचार प्रकाशित गरेको थियोे ।
समाचार प्रकाशित भएको भोलिपल्ट साउन १६ गते सडक डिभिजन कार्यालय साँफेबगरका कर्माचारीले साँफे मंगलसेन सडक खण्डको रिडिकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल सम्मको सडक खण्डमा माटो माथि गरेको गुणस्तरण हिन पिच जोगाउन माटोले ढाक्न लगाएका छन।
सो खण्डमा सडक चौडा सडक चौडा पार्दा भित्ताबाट फालिएको माटोमाथि सरासर पिच गरिएको थियोे । असारमा गरेको पिच एक महिना नबित्दै बर्षाको समयमा आएको पानिले बगाउन थालेको थियोे ।