निराकरण खबर अछाम :लैङ्गिक हिंसा रोकथामको लागि समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिका वडा नं ६ को ठुलासेनमा सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगर्त दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पिस्विन नेपालको आयोजनामा भएकोे उक्त छलफलयात्मक कार्यक्रममा UNFPA ले समन्वय गरेको हो । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा बिहे गरिदीनु , महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू लैङ्गिक हिंसा अन्तरगत पर्ने भएकाले यस्तो नकरात्मक पक्षहरु माथि UNFPAका कार्यक्रम संयोजक आस्था रिजालले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने कार्यक्रममा सहभागि स्थानिय पार्वती भण्डारीले बताउनुभयो । लैङ्गिक हिंसा रोकथामको लागि समुदाय स्तरीय अन्तरकिर्या कार्यक्रम एकदमै राम्रो भएकाले आगामि दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्नुपर्ने सहभागि सरोकारवालाले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा कसैले घरेलु हिंसा गरेमा त्यस्तो ब्यक्तिलाइ तिन हजार देखि २५ हजार रुपैया सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने, सार्वजनिक पदमा बहाल गरेको कुनै ब्यक्तिले यस ऐन बमोजिमको कसुर बारेमा थप दश प्रतिशत सजाय हुने बारेमा जानकारी समेत गराईएको थियो ।
कार्यक्रममा पिसविन नेपालका सामाजिक परिचालक छत्र रावल शाह, सामुदायिक स्वयमसेवक गंगा ढुङगाना ,GVB च्याम्पियन प्रस्तुतकर्ता कविता बिक लगायत मंगलसेन नगरपालिका वडा नं ६ ठुलासेनका २५ जना स्थानिय सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण UNFPAका कार्यक्रम संयोजक आस्था रिजालले गर्नुभएको थियो ।










