Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा जग्गाको कित्ताकाट सुरु

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो ।

भू उपयोग नियमवाली २०७९ को उपनियम १ बमोजिम गाउँपालिकाले १ देखि ६ वडामा आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको बान्नीगढी जयगढ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मीले जानकारी दिए।

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ ।कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ छ । कित्ताकाट रोकिदा एउटै घरको जग्गा भागबण्डा हुन सकेको थिएन ।स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने गरेको छ ।

तपाईको प्रतिक्रिया