Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम  क्षेत्र नं. १ प्रदेश सभा ‘क’ असार १३ गते प्रदेश सभा सम्मेलन गर्ने

अछाम : नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा ‘क’ ले यहि असार १३ गते प्रदेश सभा सम्मेलन गर्ने भएको छ । सोमबार साँफेबगरमा बसेको बेठकले १३ गते प्रदेश सभाको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रदेश ‘क’का सभापती महेश खड्काको सभापतित्वमा बसेको बैठकले बैठकले सुदुर पश्चिम प्रदेशमा हुने प्रदेश सम्मेलनका लागि ५ जना प्रतिनिधि छनौट समेत गरेको छ ।

बैठकमा सुदुर पश्चिम प्रदेश सदस्य रुपा आउजी प्रमुख अथिति र महासमेती सदस्य अर्जुन ताम्राकार, महासमिती सदस्य जयन्द्र स्वार बिशिष्ट अथिति रहेका थिए ।

बैठकमा महाधिवेशन प्रतिनिधि तथा साफेबगर नगर प्रमुख राजेन्द्र कुंवर, क्षेत्रीय सभापति कृष्ण बुढा, जिल्ला सदस्य सुरत ब कुंवर र राम ब कुंवरको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया